माघे मेला तयारीलाई लिएर गेजिङमा बैठक सम्पन्न

IMG-20230107-WA0288.jpg

गान्तोक: आगामी १४-२२ जनवरीसम्म गेजिङमा आयोजना हुने जिल्लास्तरीय माघे तयारी सम्बन्धमा प्रारम्भिक समन्वय बैठक रिम्बी पावर हाउसमा हिजो सम्पन्न भयो। जिल्ला अध्यक्ष धनसिंह लिम्बूको अध्यक्षतामा बसेको बैठकमा जिल्लापाल हिस्से डी. योङदा लगायत विभिन्न विभागका अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। यस बैठकको मुख्य एजेन्डा जिल्लास्तरीय माघे मेला २०२३ लाई सफल बनाउनका लागि उत्सव समिति गठन गर्ने र सबैलाई कामको जिम्मेवारी सुम्पिनु रहेको थियो।

एसएनटी विभागका अध्यक्ष तथा उत्सव समितिका अध्यक्ष बसन्त तामाङले आफ्नो सम्बोधनमा विगतका वर्षहरुको मेलाका बारेमा जानकारी दिँदै यस वर्षको मेला कस्तो प्रकारले मनाउने हो भन्नेबारेमा सुझाउ मागे। उनले अमूल्य सहयोगको लागि जिल्ला प्रशासनलाई हार्दिक धन्यवाद दिदै सबै समावेशी प्रयासका लागि अन्य सबै सरोकारवालाहरूलाई उत्प्रेरित गरे। उनले वार्षिक रूपमा मनाइने माघे मेलाको ऐतिहासिक महत्वबारे जानकारी दिँदै मेलामा आयोजना गरिने विभिन्न प्रकारको गतिविधिबारे पनि स्पष्टरूपमा बताए। सोही प्रकारले जिल्लापाल

हिस्से डी योङदाले आफ्नो सम्बोधनमा उत्सव समितिका नवनियुक्त सदस्यहरुलाई बधाई दिँदै जिल्ला प्रशासनबाट सक्दो सहयोग गर्ने आश्वासन दिइन्। यस वर्षको माघे मेला विशेष शैलीबाट मनाउने शैलीलाई परिवर्तन गर्ने समय आएकोले यस वर्षको माघे मेलालाई बेग्लै ढंगले मनाउनुपर्ने सुझाउ राखिन्। मुख्यतया पूर्ण रुपमा जिरो वेस्ट उत्सव मनाउन केन्द्रित हुनुपर्ने बताउँदै उनले यसका लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा गरिन्। राज्यको सांस्कृतिक सम्पदा र जातीय सम्पदाका हिसाबले रिम्बी र जिल्लाका साथै राज्यलाई पर्यटनको दृष्टिकोणले बजारीकरण गर्न आवश्यक रहेको पनि उनले जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement