गान्तोक: २०२४ को चुनाउ आउन अघि सिक्किममा अहिले नेता र कार्यकर्ताहरु विपक्षी र सत्तारूढ पार्टी त्यागेर अर्को पार्टीमा सामेल हुने क्रम निरन्तर जारी छ। यसै क्रममा हिजो सालघारी-जुम समष्टिको गेलिङ-बैगुनेका एसडीएफ पार्टीका ब्लक स्तरीय समितिका अध्यक्ष डाडुल लेप्चाले एसडीएफ पार्टी परित्याग गर्दै एसकेएम पार्टीमा सामेल भएका छन्। उनको साथमा उनकी धर्मपत्नी तुलसा खडका लगायत अन्यहरू सामेलहरूमा थिए। पार्टीमा सामेल हुनेहरूलाई क्षेत्र
विधायक सुनिता गजमेर, सोरेङ जिल्लाका जिल्ला पञ्चायत उपाध्यक्ष चन्द्रबीर कामी, सालघारी-जुम समष्टिका सीएलसी अध्यक्ष एवं जिल्ला पञ्चायत सदस्य खगेद्र राईले उनीहरूलाई खदा लगाउँदै पार्टीमा स्वागत जनाए।
उल्लेखनीय छ, गेलिङ निवासी डाडुल लेप्चा स्कुले जीवन साथै प्रथम मतदान गर्ने उमेरदेखि नै एसडीएफ पार्टीका सक्रिय कार्यकर्ता थिए। ग्रामीण स्तरका शिक्षित अनि सक्रिय कार्यकर्ताहरुले यसरी पार्टी परित्याग गर्नु एसडीएफको लागि ठूलो क्षति भएको एसकेएम पार्टीका नेताहरू बताउँछन्।