टीम इण्डियाको चयनकर्तामा पुन: चेतन शर्माको प्रवेश

00-Chetan-Sharma

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ छनोट समितिको घोषणा गरेको छ। चेतन शर्मालाई पुरुष क्रिकेट टोलीको मुख्य चयनकर्तामा एकपटक पनि कायम गरिएको छ। गत वर्ष टी–२० विश्वकपमा खराब प्रदर्शन गरेपछि बीसीसीआईले चेतन शर्मा नेतृत्वको समितिलाई बर्खास्त गरेको थियो। अब चेतन शर्मा फेरि मुख्य चयनकर्ता बनेका छन्। बीसीसीआईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सबै कुराको जाँच र सावधानीपूर्वक विचार गरेपछि, क्रिकेट सल्लाहकार समिति (सीएसी) ले व्यक्तिगत अन्तर्वार्ताका लागि ११ व्यक्तिहरूलाई सर्टलिस्ट गरेको छ। व्यक्तिगत अन्तरवार्ताका आधारमा पाँच जना सदस्य छनोट गरिएको हो। पाँच सदस्यीय समितिमा चेतन शर्माबाहेक नयाँ अनुहार रहेका छन्।

फास्ट बलर चेतन शर्माले भारतका लागि २३ टेस्ट र ६५ ओडीआई खेलेका छन् र उनी यो पाँच सदस्यीय टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। चेतन शर्माले टेस्टमा ६१ विकेट लिएका छन् भने एकदिवसीयमा ६७ विकेट लिएका छन्। सन् १९८७ को विश्वकपमा चेतन शर्माले न्युजिल्यान्डविरुद्ध अविस्मरणीय ह्याट्रिक लिएका थिए, जुन आज पनि फ्यानहरुको मनमा छ।

About Author

Advertisement