डोना लामालाई भोट गर्न अपील गर्दै कार्यक्रम

Untitled-1-copy-15

गान्तोक- प्रेस क्लब अफ् सिक्किम र रियाज सङ्गीतालयले आज संयुक्त रूपमा राजधानीको टाइटेनिक पार्कमा जेटशेन डोना लामालाई भोट गर्न अपील गर्दै एक कार्यक्रम आयोजन गयो। जेटशेन डोना लामालाई भोट गर्न अपील गर्दै रियाज सङ्गीतालयका नानीहरूले हिन्दी नेपाली गीतहरू प्रस्तुत गरे। प्रेस क्लबका संस्कृति सचिव एरोन राईले जेटशेन डोना लामा आफ्नो उत्कृष्ट प्रस्तुतिको बलमा रियालिटी शो सारेगामापा लिटल च्याम्प्सको भोटिङ राउण्डसम्म पुग्न सफल बनेको बताए। यस प्रतिस्पर्धीहरूको चयन भोटको आधारमा हुने हुनाले उनले सबैलाई ९१५२९-१५२२७ मा मिस कल गरेर जेटशेन डोना लामालाई अगाडि बढ्ने तथा विजय बनाउन अपील गरे।

यसै गरी, रियाज सङ्गीतालयका स्वामी डा. मनोज राईले सारेगामापा लिटल च्याम्प्समा जेटशेनले आफ्नो प्रस्तुतिद्वारा सबैको मन जिन सफल बनिरहेको बताए। तर अहिले उनी भोटमा पछि पर्न थालेको जानकारी आफुहरूकहाँ आएको बताउँदै सबैलाई भोट गरिदिन आह्वान गरे। उनले जेटशेन डोना लामालाई विजेता बनाउन हामी सबैको जिम्मेवारी पनि रहेको बताए। प्रेस क्लब अफ सिक्किम र रियाज सङ्गीतालयको पहलमा भोलि आइतवार पनि राजधानीमा उक्त कार्यक्रम जारी रहने बताइएको छ।

About Author

Advertisement