राज्यका मानिसहरू जाडोले अनि दिदीका पार्टीका मानिसहरू सीबीआईसँग काँपिरहेको छ: दिलीप घोष

714bb813-f5af-467a-a51b-230a3d92b13d

कोलकता: भारतीय जनता पार्टीका वरिष्ठ नेता दिलीप घोषले एकपल्ट फेरि मुख्यमन्त्री ममता ब्यानर्जी र सत्तारूढ तृणमूल कङ्ग्रेसमाथि टिप्पणी गरेका छन्। उनले राज्यका मानिसहरू जाडोले काँपिरहेका छन् भने ममता ब्यानर्जी र उनको पार्टीमा मानिसहरू सीबीआईसँग काँपिरहेको बताएका छन्। शनिवार न्यूटाउनको इको पार्कमा मर्निङ वक गर्न पुगेका दिलीप घोषले भने, दिदीले रक्षा कवच अभियानको शुरुवात गरेकी छन्, तर यो रक्षा कवचको आवश्यकता साधारण मानिसहरूलाई होइन उनकै पार्टीका नेता. मन्त्री र विधायकहरूलाई छ।

उनले भने, प्रधानमन्त्री आवास योजनासहित हरेक केन्द्रिय योजनामा व्यापक धाँधली पश्चिम बंगालमा भएको छ। अब केन्द्र सरकारका दूत घर-घर पुग्न थालेका छन्। दिदीले पनि आफ्ना दूतहरू पठाउन शुरू गरेकी छन् ताकि उनका नेताहरूले सुरक्षित महसूस गर्न संकुन्। तर, अब उनीहरूलाई लामो समयसम्म बचाउन सकिने छैन। उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जल पञ्चायत चुनाउभन्दा पहिला दिदीको सुरक्षा कवच नामले नयाँ अभियान शुरू गरेकी छन् ताकि सरकारी योजनाहरू घर- घरसम्म पुयाउन सकियोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement