सिलगढी: फुलबारीमा रहेको आइना डिटर्जेन्ट कारखानामा आगलागी भएको छ। दुईवटा दमकल घटनास्थलमा पुगेर आगो निभाएका थिए। सिलगढी महानगरीय प्रहरीको न्यू जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुग्यो। कसैको हताहत भएको जानकारी छैन। आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन।