स्म्याक ओपन फूटबल टुर्नामेण्टः १०७ टीए क्वार्टर फाइनलमा

photocollage_2023172163846.jpg

सूम भेटरन्स क्लब (सूम टी स्टेट, दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा १०७ टीए-ले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार भएको म्याचमा १०७ टीए-ले भीनस एफसी (नेपाल)-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रकाश रोय, लाक्पा तामाङ र एन्थोनी छेत्रीले गोल गरे। भीनस एफसी-बाट पेम्बा यल्मो र अयुष छेत्रीले गोल गरे। विजेता टीमका आदर्श तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने पहिलो क्वार्टर फाइनलमा कालेबुङ पुलिस र पशुपति युनाइटेडबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement