वनडे वर्ल्ड कपमा कोहली मार्गदर्शक बन्ने श्रीकान्तको भविष्यवाणी

IMG-20230107-WA0270.jpg

आईसीसी वनडे वर्ल्ड कप २०२३-को उल्टा गन्ती शुरु भइसकेको छ। घरमा हुने यस वर्ल्ड कपमा ट्रफी जित्न भारतीय टीमले हरसम्भव प्रयास गर्नेछ। अक्टोबरमा शुरु हुने यस वर्ल्ड कप अघि भारतीय टीमको कार्यक्रम वनडे म्याचहरूले भरिएको रहनेछ। यसैकारण भारतीय टीमसँग तयारी गर्ने पर्याप्त समय रहनेछ। भारतमा हुने यस मेगा टुर्नामेण्टमाथि प्रतिक्रिया दिँदै १९८३ वर्ल्ड कप च्याम्पियन भारतीय टीमका सदस्य कृष्णमाचारी श्रीकान्तले यस साल हुने वर्ल्ड कपमा विराट कोहलीको भूमिका महत्त्वपूर्ण साबित हुने बताए। कोहलीले एकजना असाधारण ब्याटरको साथ-साथ अन्य खेलाड़ीहरूलाई पनि असल प्रदर्शन गर्नमा सहायता गर्न सक्छन्। श्रीकान्तले एउटा कार्यक्रममा भने, एकजना खेलाड़ीको रूपमा मैले १९८३-को वर्ल्ड कप जिते। त्यसपछि टीमले २०११-मा वर्ल्ड कप जित्दा म चयन समितिको अध्यक्ष थिएँ। यो कहानी म आफ्ना नाता-नातिनीहरूलाई गर्वको साथ सुनाउन सक्छु। यो असाधारण अनुभव हो। साल २०११-को विश्व कपमा गम्भीरले असाधारण ब्याटिंग गर्नको साथै अन्य ब्याटरहरूलाई पनि प्रोत्साहित गरेका थिए। मलाई गम्भीरमाथि गर्व छ। कोहलीले २०२३-को वर्ल्ड कपमा त्यही वीरता देखाउने छन् अनि म यो भविष्यवाणी गरिरहेको छु।
श्रीकान्तले भने, खेलाड़ीहरूलाई आफ्नो खेल खेल्ने छूट दिनु पर्छ। हामी इशान किशनकै उदाहरण लिन सक्छौं। अहिले उनले असल तरिकाले बललाई हिट गरिरहेका छन् अनि हालै वनडेमा दोहोरो शतक पनि बनाए। यी खेलाड़ीहरूलाई केवल मैदानमा ओर्लिएर आफ्नो खेल खेल्ने छूट दिनु पर्नेछ। उनीहरूलाई बाँध्नु हुँदैन। हामीलाई ईशान किशन जस्तै अझ २-३ जना खेलाड़ी चाहिनेछ, जो मैदानमा ओर्लिएर स्वयंलाई अभिव्यक्त गर्न हिच्किचाउँदैनन्। टीममा खेलाड़ीहरूका संयोजनबारे श्रीकान्तले भने, अतीतमा गौतम गम्भीरले एंकरको भूमिका निर्वाह गरे जस्तै कोहलीले यसपाली त्यही भूमिका निर्वाह गर्न सक्छन्। उनले इशान किशन जस्ता खेलाड़ीहरूलाई सहायता गर्नेछन्। किशनले दोहोरो शतक बनाउँदा कोहलीले पनि शतक बनाएका थिए। यो सब स्वतन्त्रतासँग सम्बन्धित छ। खेलाड़ीहरूलाई खुलेर खेल्ने मौका दिनु पर्नेछ। यसमा कुनै समय असफलता हासिल भए पनि अधिकांश समय नै असल परिणाम अघि आउँछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement