दार्जीलिङ नगरपालिकालाई खेलाँची नसम्झिने दीपिका गुरुङले दिइन् चेतावनी

00-Deepika-Gurung

दार्जीलिङ: ‘तपाईहरूको हस्तक्षेपले दार्जीलिङ नगरपालिकामा यताउता केही भए हामी ठीक मान्ने छैनौं’, यसरी गर्जिन् हाम्रो पार्टीको शक्ति समुहकी कार्यकर्ता दीपिका गुरूङl उनी शुक्रबार क्यापिटल हालको परिसरमा गोर्खा स्वाभिमान संघर्षको कार्यक्रममा निक्कै जोशिलो रुपमा बोल्दै थिइन्l गएको केही दिनदेखि क्यापिटल हलको प्रसारमा गोर्खा स्वाभिमान कार्यक्रम निरन्तर आयोजना भइरहेको छ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दीपिका गुरूङले भनिन्,  ‘दार्जीलिङ नगरपालिकालाई खेलाँची मान्ने भूल नगरियोस्l फेरि भोट आउला, बोर्ड बनाउने सोच होला, तर हामी दार्जीलिङ नगरपालिकाका कर्मचारीहरू दह्रिलो भएर बस्ने छौंl तपाईहरूलाई हस्तक्षेप गर्न दिनेछैनौं। आज मैले जे बोल्दैछु अनि मेरो सम्भाषण सुन्नेहरूले यो बहिनीलाई भोली के गर्छ होला भन्ने सोच्दैछन् होला, तर कति दिन डराउँदै बस्ने?’ उनले अझ भनिन्, ‘विगतका दिनहरूमा पनि मलाई भिक्टिमाइज गर्ने काम गरेकै होl सन् २००७ देखि सन् २०१७ सम्म भिक्टिमाइज भएर बसें, तर पनि म उभिनु समक्ष भएकी छुl मेरोमा गोर्खाको स्वाभिमान छ अनि त्यही गोर्खाको स्वाभिमानको कारणले गर्दा आज म उभिएकी छुl  तर यहाँ मैले गोर्खाको स्वाभिमान भएको थोरै मानिसहरू देख्दैछुl’

‘गोर्खा स्वाभिमान संघर्षको कार्यक्रममा जे जति भीडहरू छन् यो भीड गोर्खा स्वाभिमानले ओतपोत भएकाहरू हुन। गोर्खा स्वाभिमान संघर्षको कार्यक्रममा भष्ट्रचार लिप्त मानिसहरू आउँन सक्दैनन्’, उनले भनिन्l दीपिका गुरुङले सबैलाई आहवान गर्दै भनिन्, ‘तपाईहरूलाई अझ म आहवान गर्छु तपाईहरूसँग अलिकति पनि गोर्खाको स्वाभिमान बाँचेको छ भने आउनुहोस्l गोर्खा स्वाभिमान संघर्षको कार्यक्रममा जोडिएर गोर्खा हितको पक्षमा एकवद्ध बनौंl गोर्खा स्वाभिमान संघर्षको कार्यक्रममा भेला हुनेहरू रूपियाँ-पैसामा बिक्री हुनेहरू होइनl दार्जीलिङ नगरपालिकाको जनताले आफ्नो बहुमूल्य भोट बिक्री हुनलाई होइन, आआफ्नो वार्डहरूको विकास गर्नलाई दिएका थिएl तर तपाईहरूले जसलाई विश्वास गरेर आफ्नो बहुमूल्य मत दिनु भयो उसले तपाईहरूलाई धोका दिएर तपाईहरूको भोटको निलामी गरिदिएl’ सन् २०२४ को लोकसभा चुनाव आउन लागेको चर्चा गर्दै उनले भनिन्, ‘नानाभाँतीको आरोप र लान्छनाहरू लगाउने काम गर्दैछ, तर हामीलाई चुनावसँग कुनै सरोकार छैनl हामीलाई छुट्टै राज्य गोर्खाल्याण्डसँग सरोकार छ। जबसम्म गोर्खाल्याण्ड राज्य गठन हुँदैन तबसम्म गोर्खाहरू सुरक्षित हुँदैनन्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement