जीटीए प्रमुख कार्यपाल अनित थापाले मङपू लाब्दा समष्टि अन्तर्गत रोङचोङ क्षेत्रको भ्रमण गरे
मङपू: १९८० सालमा निर्माण गरिएको रोङचोङ झोलुङ्गे पुलको निरिक्षण गर्न अनित थापा स्थलमा नै पुगेका थिए। निरिक्षण पछि उनले भने, “सेल्फु, रोलेप रङपु अनि राष्ट्रिय मार्गलाई जोड्ने पुल रहेछ। मर्मत मात्र गरे मान्छे हिड्नु मात्र हुनेछ। त्यसर्थ स्टीलको पुल बनाइनु पर्नेछ। यो पुल बनिए सम्पूर्ण क्षेत्रलाई नै फाइदा हुनेछ। तत्कालको निम्ति मर्मत कार्य गर्नेछौ। स्टीलको पुल बनाउने पहल पनि सुरु गर्नेछौ।”

क्षेत्रका जन सम्पर्क अधिकारी ब्रिगेन मिश्रले उनको भ्रमण विषय जानकारी दिदै भने, “अनित थापाले यस क्षेत्रको पूर्वाधार हरुको निरिक्षण गर्नु भयो। पुरानो भएको, भत्कँदै गएको पूर्वाधारहरूको मर्मती गर्ने सुझाव पनि राख्नु भयो।”

मिश्रले थप भने, “रोङचोङ पुल पक्का पूल बनिनु सके यहाँको कृषकहरुलाई धेरै फाइदा हुनेछ। पर्यटन बढेर जानेछ। आज प्रमुख कार्यपालले तत्कालको निम्ति पुल मर्मत गर्ने निर्देश दिनु भयाे। कालान्तरमा यहाँ स्टील को पक्का पुल बनिने छ। हाम्रो क्षेत्रको निम्ति यो ठूलो कार्य हुनेछ।”