७०० मतदाताहरूका लागि एकजना पञ्चायत सदस्य हुने विधेयकको सन्त किशोर गुरुङद्वारा विरोध

IMG-20230107-WA0265.jpg

खरसाङ: पश्चिम बंगाल सरकारले पञ्चायत चुनाव संसोधन विधायक २०२२ ल्याएर पहाड़मा एकजना पञ्चायत सदस्यको लागि ७०० जना मतदाताहरू गरिएकोमा खरसाङको युवा नेता सन्त किशोर गुरुङले विरोध जनाएका छन्। उनले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर पहिला २५० जना मतदाताहरूले एकजना पञ्चायत सदस्य बनिन्थ्यो तर संसोधन गरेर ७०० जना मतदाताहरूले केवल एकजना मात्रै सदस्य बनाएकोमा विरोध जनाएका छन्। गत जीटीए चुनावमा खरसाङ गिध्द पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़ेका सन्त किशोर गुरुङले उक्त संसोधन विधेयकको विरोध गर्नलाई पहाड़का राजनैतिक नेताहरूलाई भेटघाट गरेर यस विषयमा विरोध जनाउने भएको जानकारी गराएका छन्। उनले बंगाल सरकारले पहाड़को पञ्चायत चुनावमा संसोधन ल्याउन जीटीएलाई बेवास्ता गरेको पनि आरोप लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement