खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्गभ्यू चियाबगानका श्रमिकहरुलाई तेस्रोपल्टको खर्च चिया श्रमिक कल्याण समितिका चेयरम्यान एवम् जीटीएका डेपुटी चियरमेन राजेश चौहानको उपस्थितिमा वितरण गरिएको छ। जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा चिया श्रमिक कल्याण समिति गठन गरिएको र जुन चियाबारीमा कुनै पनि समस्या हुन्छ त्यो बगानमा श्रमिक हितार्थ यो चिया श्रमिक कल्याण समितिले काम गर्नेछ। लङ्भ्यु चियाबारीको श्रमिकहरूलाई खर्च वितरण गरिरहेको समयमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानसहित हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङ, महकुमाको सचिव भक्तिमान राईको पनि उपस्थिति रहेको थियो।

यसरी श्रमिकहरूले आफ्नो पसिनाको कमाई पाउँदा हर्ष छाएको साथै श्रमिकहरूले जीटीए कार्यपाल अनित थापा, डेपुटी चियरमेन राजेश चौहान, जेबी तामाङ लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गरेका छन्। यस विषयमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।