अलिपुरद्वारमा शुरु भयो विश्व डुवर्स उत्सव

84242c0d-8883-483c-985a-3d73b992515b


कालचिनी – डुवर्सको मर्यादा अनि कला संस्कृतिलाई विश्व समक्ष देखाउने प्रस्तुति लिएर आजदेखि १७औँ विश्व डुवर्स उत्सवको उद्घाटन भयो। ११ दिनव्यापी विश्व डुवर्स उत्सव अलिपुरद्वार प्यारेड मैदानमा सम्पन्न हुनेछ भने मेला प्रांगणमा तीनवटा अलग अलग मञ्चको निर्माण गरीएको छ। एउटा मञ्च बाल बच्चाहरूको कार्यक्रमको निम्ति राखिएको छ भने दोस्रो मञ्चमा डुवर्सको प्रायः ७० वटा भन्दा अधिक लोक सांस्कृतिक टोलीको प्रदर्शन र तेस्रो मञ्चमा मुम्बई र कलकत्ताबाट आउने सेलेब्रिटीहरुको निम्ति निर्माण गरीएको विश्व डुवर्स उत्सव कमिटीको महासचिव डा. सौरभ चक्रवर्तीले जनाएका छन्।


आज उक्त विश्व डुवर्स उत्सवको उद्घाटन अघि अलिपुरद्वार सहरमा एउटा शोभायात्रा निकालिएको थियो भने शोभायात्रामा उत्तरबंगाल विकास मन्त्री उदयन गुहा स्वयं उपस्थित रहेको थियो भने स्थानीय स्कूलहरूका विद्यार्थीहरू एवम् लोक सांस्कृतिक कलाकारहरू लगायत क्षेत्रका समाजसेवीहरूले अंशग्रहण गरेको थियो। उद्घाटन समारोहमा आदिवासी मन्त्री बुलुचीक बडाइक लगायत उत्तरबंगाल उन्नयन पर्षदका चेयरम्यान रवीन्द्रनाथ घोष, उत्तरबंगाल राष्ट्रिय परिवहन निगमका चेयरम्यान पार्थ प्रतिम राय, अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा, सिलगढ़ी जलपाइगढी डेभलपमेन्ट अथोरिटीका चेयरम्यान तथा विश्व डुवर्स उत्सवको महासचिव डा. सौरभ चक्रवर्ती साथै अलिपुरद्वार जिल्ला परिषदको सभाधिपति शीला दास सरकार एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement