खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी १७ जनवरीदेखि दशौं संस्करणको शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गरिने भएको छ। यस विषयमा आज खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ भवनमा सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभा खरसाङ क्षेत्रबाट शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको लागि चयन भएका फुटबल टिमहरूसित सम्पन्न गरिएको छ। उक्त सभामा युनाईडेट खरसाङ फुटबल क्लब, हिल्स सेभेन, युनाईटेड दिलराम उपस्थित रहेका थिए। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा वार्षिक रूपमा आयोजना गरिने शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट यसपाली आगामी १७ जनवरीदेखि शुरू हुने भएको छ। उक्त शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनल खेल खेल आगामी ३० जनवरी २०२३ को दिन हुने भएको छ। खरसाङको चाँदमनि खेल मैदानमा सम्पन्न हुने शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा यसपाली स्थानीय फुटबल क्लब लगायत बाहिरका टिमहरू आउने भएको छ। यस शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा अहिलेसम्म सातवटा फुटबल टिमहरू अंश ग्रहण गर्नलाई आईसकेका छन्। यसपाली शहीद गोल्ड कप फुटबल टुर्नामेन्टमा युकेएफसी (हर्लि कप फुटबल टुर्नामेन्टको उप विजेता), दिलराम युनाईटेड, हिल्स सेभेन, युनाईटेड ब्रदर्स कालेबुङ (गत वर्षको च्याम्पियन), कञ्चनजंघा फुटबल क्लब, युनाईटेड रंगबुल र कालेबुङ पुलिस आदि रहेका छन्। सभापछि पत्रकार सम्मेलन बोलाएर दशौं संस्करणको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको विषयमा सभापति मोहन योञ्जन र सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।