मझुवादेखि खुन्द्रुकेसम्म बाटो खन्ने कार्य शुरु

00-IMG_20230107_180457

गाउँहरूद्वारा अजय एडवार्डसप्रति आभार प्रकट

दार्जीलिङ: मझुवादेखि खुन्द्रुकेसम्मको बाटो खन्ने कार्य शुरू भएको छ। चिम्नी देवराली समष्टिअन्तर्गत मझुवा अनि खुन्द्रुकेका बासिन्दाहरूले गाउँमा बाटोको अभाव भएको गुनासो पोखाउँदै हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डस समक्ष बाटो निर्माण गरिदिने अनुरोध गरेका थिए। स्थानीय बासिन्दाहरूको अनुरोधलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गम्भीरतासँग लिएका थिए। जसको फलस्वरूप आज मझुवादेखि खुन्द्रुके बस्तीसम्म जाने बाटो खन्ने कार्य शुरू भएको छ। मझुवादेखि खुन्द्रुके बस्ती सम्मको खनन कार्यको शुभारम्भमा पूरोहितद्वारा पूजा पाठ गर्ने कार्यहरू गरियो। यस अवधि हाम्रो पार्टीको खरसाङ कार्यकारिणी समितिको पक्षबाट विमल तामाङ विशेष रूपमा उपस्थित थिए। त्यसरी नै सुमन तामाङ, महेन्द्र राई, सभासद सन्नी बम्जन आदि उपस्थित थिए।

खरसाङ कार्यकारिणी समितिका उपाध्यक्ष सुमन तामाङले बताएअनुसार चिम्नी देवराली समष्टिअन्तर्गत मझुवा बस्ती अनि खुन्द्रुके बस्तीका बासिन्दाहरूले समक्ष बाटो नभएको गुनासो पोखेपछि अजय एडवार्डसले जेसीपी लगाएर बाटो खन्ने कार्य गरिदिने वचन दिएका थिए। जसको फलस्वरूप आज अजय एडवार्डसले बाटो खन्ने कार्य भएपछि स्थानीय गाउँलेहरू खुशी भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement