बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट: महानदी र मित्र संघ गोलाई पाखा तीनधारे फाइनलमा प्रवेस

IMG-20230107-WA0252.jpg

खरसाङ: खरसाङको तीनधारेस्थित मिठाईडाँड़ा खेल मैदानमा भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको फाइनलमा महानदी र मित्र संघ गोलाई पाखा तीनधारे पुग्न सफल भएको छ। आज भएको सेमी फाइनल खेलमा दुवै टिमले आफ्नो आफ्नो खेल जितेर फाइनलमा प्रवेस गरेको छ। आज सम्पन्न पहिलो खेल मित्र संघ गोलाई पाखा र हिरो बजारमाझ सम्पन्न भएको थियो। यस खेलमा हिरो बजारले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १२५ रन बनाएको थियो। हिरो बजारको पक्षमा ओपनरको रूपमा ब्याटिङ गर्न आएका सौरभ थापाले नट आउट ४० रन बनाएका थिए। १२६ रनको लक्ष्यलाई खेदो गर्दै मित्र संघ गोलाई पाखाले १३ ओभरमा नै लक्ष्यलाई हाँसिल गरेका थिए। मित्र संघ गोलाईको पक्षमा सुभम प्रधानले सर्वाधिक ३९ रन बनाएका थिए। यस पहिलो सेमी फाइनल खेलमा 39 रन साथै २ विकेट लिने मित्र संघ गोलाई पाखाको खेलाड़ी सुभम प्रधानलाई म्यान अफ् द म्याच चयन गरिएको छ। आज खेलिएको दोस्रो सेमी फाइनल खेल महानदी र लिंकन क्लब सिपाहीधुरामाझ सम्पन्न भएको थियो। यस खेलमा टस जितेर सिपाहीधुराले पहिला बलिङ गरेका थिए। टस हारेर महानदीले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ११२ रन बनाएको थियो। जवाबमा लिंकन क्लब सिपाहीधुरा १३ ओभरमा सबै विकेट गुमाएर केवल ९० रन मात्र बनाउन सकेको थियो अनि २२ रनले खेल महानदीले जितेको थियो। यस खेलमा जम्मा चार विकेट लिने अभिषेक प्रधान म्यान अफ् द म्याच चयन भएका छन्। अब भोलि आईतबार हुने अन्तिम फाइनल खेल महानदी र मित्र संघ गोलाई पाखा तीनधारेमाझ हुने भएको छ। आजको सेमी फाइनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक नव ज्योति संघ चुनभट्टीको संयोजक रञ्जित थापाले विस्तृत रुपमा जानकारी गराउँदै विगत २४ दिसम्बरदेखि शुरु भएको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको अन्तिम फाइनल खेल आईतबार तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा हुने भएको छ। उनले बताए अनुसार बाबु प्रसाद चुनभट्टीको नव ज्योति संघके सदस्य रहेको प उनी क्रिकेट खेलाड़ी भएकोले उनको स्मृतिमा क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement