युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा सौरेनीको रविन्द्रनाथ हायर सेकेण्डरी स्कूल (आरएनएचएसएस)-ले क्वार्टर फाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा शनिवार भएको दोस्रो म्याचमा आरएनएचएसएस-ले चन्दन सेभेन मिरिकलाई ४-१-ले पराजित गऱ्यो। यसअघि युनाइटेड बुङकुलुंग र मिरिक भिक्ट्रीबीच खेलिने पहिलो म्याच चाहिँ दुवै टीमको सहमतिमा स्थगित राखियो। आइतवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा गोर्खा स्पोर्टिंग क्लब र खोप्रेल एफसी-बीच भिड़न्त हुनेछ। दोस्रो म्याच निगाले युथ क्लब र युनाइटेड सिलगढ़ी एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।