लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा ११ माईल चर्चले सेमिफाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा शनिवार भएको म्याचमा ११ माईल चर्चलेले आयोजक एलजीएसए-लाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट करण राई र आमिर लामाले २-२ गोल गरे। करण राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।