सडक दुर्घटनामा दार्जिलिङ जाँदै गरेका २ पर्यटकको मृत्यु, ५ घाइते

88eb53dc-f4fc-42cf-a26e-831520425649

सिलगढी: नादियाका दुई पर्यटक दार्जिलिङ जाने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएको छ। घटना शनिबार बिहान भएको हो। नादियाबाट एउटा सानो चारपाङ्ग्रे सवारी साधनमा ७ जना पर्यटकको टोली दार्जिलिङ आउँदै गरेको बताइएको छ। बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले फाँसीदेवा ब्लकस्थित सैदाबाद चिया बगान नजिकै पार्किङ गरेको ट्रकलाई पर्यटक गाडीले पछाडिबाट ठक्कर दिएको हो। घटनामा दुई पर्यटकको घटनास्थलमै मृत्यु भएको थियो। बाँकीलाई उद्धार गरी गम्भीर अवस्थामा उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल लगिएको थियो। प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा राणा चक्रवर्ती र गणेश सरकार दुवै नादिया जिल्लाका रहेका छन्। घटना बिहान लगभग ५ बजे भएको दार्जिलिङ जिल्ला प्रहरीका अतिरिक्त प्रहरी उपरीक्षक मनोरञ्जन घोषले बताए। ब्रेकडाउनका कारण ट्रक सडकको छेउमा रोकिएको थियो र ट्रकको पछाडिको बत्ती बलेको थियो। बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। घटनालगत्तै विधाननगर थानाको प्रहरी पुगेर घाइते र मृतकलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement