पिस्तोल र एक राउण्ड कारतूससहित युवक पक्राउ

IMG_20230107_171957.jpg

अलिपुरद्वार: कालचिनी प्रहरीले बन्दुकसहित एकजना युवकलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा कालचिनी प्रहरीले कालचिनी ट्रली लाइन क्षेत्रबाट कार्तिक गुहा नामका एक युवकलाई पक्राउ गरी उनको साथबाट एक थान भरुवा बन्दुक र एक राउण्ड कारतूस बरामद गरेको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका युवकलाई शनिबार अलिपुरद्वार अदालतमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement