सिलगढी: आज अझ ३ जना भू-माफियालाईसरकारी जमिन दखल तथा बिक्री गरेको अभियोगमा नक्सलबारी थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेकाहरूमध्ये एउटी महिला पनि सामेल छन्। पक्रा परेकाहरूमा नारायण चौधुरी (६१), पवित्र राणा (५३) र आनिस खान (४५) सामेल छन्। तिनीहरू सुरजबडजोत र बडभाडुजोत निवासी हुन्। प्राप्त जानकारी अनुसार नक्सलबारी भूमि एवम् भूमि राजस्व विभागले नक्सलबारी थानामा अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले पहिला ४ जना भू-माफियालाई पक्राउ गरेको थियो भने आज अझै ३ जना भू-माफियालाई पक्राउ गरेको छ। उक्त अभियान लगातार जारी रहने पुलिस सूत्रले जनाएको छ।