कोलकता: सिंगुर विधायक र राज्य मन्त्री बेचराम मन्नाले आज सिंगुर विधान सभाको कमरकुन्डुमा “दिदी की रक्षा कबच” शीर्षकमा पत्रकार सम्मेलन गरे। शनिबार दिउँसो लगभग १२ बजे पत्रकार सम्मेलनमा मन्त्री बाहेक सिंगुर ब्लक तृणमूल कङ्ग्रेस कमेटी अध्यक्ष गोविन्द धरा, सिंगुर ब्लक युवा तृणमूल कङ्ग्रेस कमिटी अध्यक्ष गौतम चटर्जी, सिंगुर पञ्चायत समिति अध्यक्ष तपन मलिक र अन्य तृणमूल नेताहरू उपस्थित थिए। मन्त्री बेचराम मन्नाले दुवारे सरकारमार्फत मुख्यमन्त्रीका सार्वजनिक हितका योजनालाई कुनै पनि राजनीतिक रङ नदिई सबै वर्ग र सबै दलका जनतासम्म पुर्याएको बताए।