दादुरा–रुबेला खोप जनवरी ९ बाट सुरु

IMG-20230107-WA0158.jpg

सिलगढी: दार्जीलिङ जिल्लामा दादुरा-रुबेला जस्ता गम्भीर रोगबाट बच्न र यो रोगलाई हटाउन आगामी जनवरी ९ देखि खोप लगाउन सुरु हुनेछ। यस बिषय सर्वसाधारणमा चेतना जगाउन शनिबार पदयात्रा आयोजना गरिएको। सिलगढी नगर निगमको स्वास्थ्य विभागका कर्मचारीहरू र स्वैच्छिक संस्थाका सदस्य र विद्यार्थीहरूले सहरस्थित स्वैच्छिक संस्थाको सहयोगमा पदयात्रामा भाग लिए। यस पदयात्रामा सिलगढीका मेयर गौतम देव, मेयर परिषद दुलाल दत्त, जिल्ला मुख्य स्वास्थ्य अधिकारी तथा नगर निगम तथा प्रशासनिक अधिकारीहरू पनि सहभागी थिए। सिलगढी बाघजातिन पार्क मैदानबाट सुरु भई सहरका विभिन्न मार्ग परिक्रमा गर्दै मानिसहरूलाई सचेत गराइएको थियो। दार्जिलिङ जिल्लाका समतल क्षेत्रमा जनवरी ९ देखि र पहाडी क्षेत्रका विद्यालयमा जाडो बिदाका कारण १५ जनवरीदेखि खोप सुरु हुने जानकारी दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement