पहाड भष्ट्रचारमा डुबेको छ!

IMG_20230107_163456.jpg

अनित थापाको सिफारिसमा शिक्षक नियुक्ति भएको छ: सुदन गुरूङ

दार्जीलिङ: भष्ट्रचारको पोल खोल्दा मलाई धम्काउँने काम गर्दै यो मनतब्य गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित संगठनको केन्द्रीय अध्यक्ष सुदन गुरूङले पोखेको हो।दार्जीलिङ शहरको क्यापिटल हल मा गोर्खा स्वाभिमान संघर्षले गत केही दिन अधिदेखि गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आई रहेको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित संगठनको केन्द्रीय अध्यक्ष सुदन गुरूङले पहाडमा शिक्षक नियुक्तिमा ठूलो रूपियाँ पैसाको खेल भएको बताए। अधि भने गत केही दिन अधि मात्र मैले स्वयम सेवक शिक्षक नियुक्तिको पोल खोली दिएको थिए। स्वयम सेवक शिक्षक नियुक्तिमा स्कूलको प्रधान अध्यापक देखि स्कूलको संचालन समिति साथै राजनैतिक पार्टीको शीर्ष नेतृत्वहरूको भूमिका रहेको खुलासा गरी दिएको थिए साथै यदि मैले यो कुरा झूठो भनेको छु भने आफु विरूद्व न्यायलयमा मानहानीको मुद्वा दर्ता गर्दा हुन्छ समेत भनेको थिए। अबैघ शिक्षक नियुक्तिको खुलासापछि युवकहरूको हुल आएर मलाई धम्काउने काम गरयो।मैले यस विषयमाथि पुलिसमा प्राथमिकी दर्ता गरेको थिए तर आजसम्म पुलिसले उनीहरू विरूद्व कुनै कार्यवाही गरेको छैन गुरूङले भने। पहाडमा शिक्षक नियूक्तिमाथि रूपियाँ पैसाको खेल भएको छ, कलेज नगई प्रमाण पत्रहरू समेत पाएका छन गूरूङले भने।शिक्षक नियुक्ति बारे आजसम्म मैले जे जति भन्दै आएको छु,यदि मैले गलत भनेको छु भने मेरो विरूद्व पुलिसमा प्राथमिकी दर्ता गर गुरूङले चूनौती पूर्ण शब्दमा भने। अनित थापाको सिफारिसमा, विधायक रूदेन सादा लेप्चाको सिफारिसमा, सन्चवीर सुब्बाको सिफारिस मा शिक्षक नियुक्ति गरिएको मैले समाजिक संजालमा भाइरल गरी दिएको छु। अबैघ नियूक्ति पाएको शिक्षक हरूलाई न्यायलयको माफ्र्त घुच्चकमा समातेर निकाल्न सकिन भने म सुदन गुरूङ गोर्खा होइन तिनले भने। एउटै उम्मेद्वारको नाम तीन चार स्कूलहरूमा समाबेश गरिएको छ यो कहाँसम्मको न्याय संगत हो? गुरूङले प्रश्न तेर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement