सिलगढी: तस्करी गर्नुअघि बेलाकोबा वन विभागको कारबाहीमा एक ट्रकबाट लगभग ४० लाख रुपियाँको सगौन काठ बरामद भएको छ। यस कारबाहीमा गाडी चालक पक्राउ परेका छन्। सूचनाको आधारमा बेलकोबा वन विभागले शनिबार बिहान सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गको पानीकोवरी इलाकाबाट एक १४ पाङ्ग्रे लरीलाई रोकेर खोजी गरेको थियो। लरी गुवाहाटीबाट कोलकता जाँदै थियो। खोजीका क्रममा उक्त गाडीबाट लगभग ४० लाख मूल्य बराबरको सगौन काठ बरामद भएको थियो। उनीहरूलाई अवैध रुपमा गुवाहाटीबाट कोलकता लगिएको जानकारी प्राप्त भएको छ। यस घटनामा लरी चालक रितेशकुमार जोहरीलाई वन विभागले पक्राउ गरेको छ। उनी छत्तीसगढको रायपुरका बासिन्दा हुन्। पक्राउ परेका व्यक्तिलाई भोलि जलपाइगढी अदालतमा पठाइनेछ।