एनजेपी स्टेशनमा टोयट्रेन कोचलाई रेस्टुरेन्ट बनाइने

IMG_20230107_143901.jpg

सिलगढी: एनीएफ रेलवेकाे सीपीआरओ सब्यसाची डेले भने कि भारतीय रेलवेले टोय ट्रेनलाई टाढा टाढा विस्तार गर्न नयाँ जलपाइगढी स्टेशनमा टोयट्रोनको एउटा कोचलाई रेस्टुरेन्ट कोच बनाउने योजना बनाएको छ। नयाँ जलपाइगढी स्टेशनको आधुनिकीकरण कार्य सुरु भएको छ। जसका कारण नयाँ प्लेटफर्म निर्माण र रेल लाइन पुनः बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ। रेल विभागले टोय ट्रेनको एउटा कोचलाई आधुनिक गुणस्तरीय कोच रेष्टुरेन्ट बनाउने परियोजना ल्याएको छ अनि यसको काम पनि सुरु भएको छ। यस सम्पूर्ण मामिलामा सीपीआरओ सब्यसाची डेले भने कि पहिले नयाँ जलपाइगढी स्टेशन बाहिर कोच रेस्टुरेन्ट बनाउने उद्देश्य सार्थक थियो। यस कारणले, योजना अन्तर्गत स्टेशन भित्र एक कोच रेस्टुरेन्ट निर्माण गरिनेछ। एकातिर जहाँ रेलवेको आम्दानी बढ्ने छ, अर्कोतिर ऐतिहासिक डीएचआर को इतिहास फैलाउन टोयट्रोन कोचसहितको रेस्टुरेन्ट बनाउने विचार ल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement