दार्जीलिङ: आफ्नो बिधानसभा क्षेत्रमा विकासका कार्यहरू जारी राख्दै बिधायक निरज जिम्बाद्वारा बिधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय बिधायक क्षेत्र विकास योजना कोषबाट ग्रामीण क्षेत्र लगायत नगरपालिका क्षेत्रमा पनि विकासका कार्यहरू जारी रहेको बिधायक निरज जिम्बा मार्फत जानकारी प्राप्त भएका छन्।

यसैक्रममा दार्जीलिङ नगरपालिका क्षेत्राधिकार अन्तर्गत बिधायक इलाका उन्नयन प्रकल्प योजना २०२१/२०२२ क्षेत्र विकास योजना कोषबाट वार्ड नम्बर ३० अन्तर्गत मेडो बैंक ,कल्याण समाज सामुदायिक भवनको भुइँ तल्लामा टाईलहरू बिछ्याउने कार्य सफलतापुर्वक सम्पन्न भएका छन्। ३,००,०००/- अनुमानित राशिमा कार्य सम्पन्न भएको बिधायक जिम्बाद्वारा जानकारी गराएका छन्।