इटलीका पूर्व दिग्गज फूटबलर जियानलुका वियालीको ५८ सालको उमेरमा निधन भयो। इटलीको फूटबल महासंघले यसबारे जानकारी दिएको छ। उनी पेंक्रिएटिक क्यान्सरले पीड़ित थिए। वियालीले १९८५-देखि १९९२-सम्म इटलीको राष्ट्रिय टीमको निम्ति ५९ वटा म्याच खेलेका थिए। यस दिग्गज स्ट्राईकरको नाममा १६ वटा अन्तर्राष्ट्रिय गोल पनि रहेको छ। चेल्सीमा खेलाड़ी अनि पछिबाट प्रबन्धकको भूमिका निर्वाह गर्न अघि उनले सेम्पडोरिया र युभेण्टस दुवैलाई सेरि ए (इटलीको शीर्ष घरेलु लीग) र यूरोपेली ट्रफीहरू दिलाउनमा सहायता गरेका थिए। वायलीले २०१८-मा अग्नाशयको क्यान्सरसँग लड़ाइँ जितेको घोषणा गरेका थिए तर दिसम्बर २०२१-मा उनी फेरि यसको चपेटमा आएका थिए। उनले इटली अण्डर-२१ टीमबाट पनि २० वटा म्याच खेलेर ११ गोल गरेका थिए। वियालीले आफ्नो क्लब करियरको अधिकांश समय नै सेम्पडोरियामा बिताए। उनले यस क्लबबाट २२३ वटा म्याच खेलेर ८५ गोल गरे। यसरी नै उनले युभेण्टसबाट १०२ वटा म्याचमा ३८ अनि चेल्सीबाट ५८ वटा म्याचमा २१ गोल गरेका थिए।