शरीरको ओजन घटाउने प्रयासमा जुटे रोहित शर्मा

IMG-20230107-WA0091.jpg

खराब फिटनेसले गर्दा आलोचनाको शिकार बन्ने भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्माले जिममा पसिना बहाइरहेका छन्। गत केही सालदेखि हिटम्यान लगातार चोटग्रस्त हुँदै आएका छन्। शरीरको ओजन लगातार बढ़िरहेको हुनाले उनको खेलमा असर परिरहेको छ। यसैकारण रोहित अहिले नयाँ चुनौतीको निम्ति तयार भएका छन्। रोहितले श्रीलंका विरुद्ध वनडे सीरीजको तयारी शुरु गरेका छन्, जसको शुरुवात १० जनवरीदेखि गुवाहटीमा हुनेछ। जिममा कसरतको भीडियो रोहितले सोशल मीडियामा पनि शेयर गरेका छन्। भीडियोमा उनलाई मिक्स वेट र मशीनहरूका प्रयोग गरिरहेको देखिएको छ। रोहितले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच दिसम्बर २०२२-मा बंग्लादेश विरुद्ध खेलेका थिए। पहिलो वनडे म्याचमा स्लीपमा फील्डिंग गर्दा उनको औंलीमा चोट लागेको थियो। यसले गर्दा उनी टेस्ट सीरीजसहित पूरा यात्राबाट बाहिर भएका थिए। त्यसै पनि साल २०२२ रोहितको निम्ति केही खास रहेन। उनले गत वर्ष ४० वटा ईनिंग्समा ६ वटा अर्द्धशतकको साथ ९९५ रन बनाए। यस अवधि उनको औसत केवल २७.६३-को रह्यो। यसरी साल २०१२ पछि उनले पहिलोपल्ट कुनै एक सालमा एउटा पनि अन्तर्राष्ट्रिय शतक बनाउन सकेनन्।
भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले रोहित शर्माको कप्तानीमा रहने टीमलाई वनडे सीरीजअघि ८ जनवरीसम्म गुवाहटीमा भेला हुने निर्देश दिएको छ। हार्दिक पाण्ड्याको कप्तानीमा रहने टोलीबाट जारी टी२० सीरीजको समापनपछि राजकोटबाट वनडे टीमका खेलाड़ीहरू गुवाहटी जानेछन्। रोहित बाहेक विराट कोहली, मोहम्मद शमी र पेस बलर जसप्रीत बुमराह सहित एकाधिक सीनियर खेलाड़ीहरू वनडे सीरीजको निम्ति टीममा सामेल हुन तयार छन्। वनडे सीरीजको पहिलो म्याच १० जनवरीको दिन बारसापाराको एसीए स्टेडियममा खेलिनेछ। यस स्टेडियममा यसअघि २०१८-मा खेलिएको म्याचमा विराट कोहलीको कप्तानीमा रहने भारतीय टीमले वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गरेको थियो। त्यस म्याचमा भारतले रोहित र कोहलीको शतकको सहायताले ३२३ रनको लक्ष्यलाई सजिलै हासिल गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement