प्रीमियर लीगः म्यानचेष्टर सिटीको रोमाञ्चक जीत

IMG-20230107-WA0084.jpg

ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा म्यानचेष्टर सिटीले रोमाञ्चक जीत हासिल गऱ्यो। शुक्रवार खेलिएको हाई भोल्टेज म्याचमा म्यानचेष्टर सिटीले चेल्सीलाई १-०-ले पराजित गऱ्यो। चेल्सीको होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीबाट म्याचको एकमात्र गोल सब्स्टीट्यूड खेलाड़ी रियाद माहरेजले ६३औं मिनटमा छिराए। म्याचमा शुरुदेखि नै दुई टीमबीच रोचक प्रतिस्पर्धा भयो तर अन्तमा माहरेजको गोलले म्यानचेष्टर सिटीले जीत हासिल गऱ्यो। यस जीतको साथै म्यानचेष्टर सिटी १७ वटा म्याचमा ३९ पोइण्टको साथ प्रीमियर लीग टेबलको दोस्रो स्थानमा कायम रह्यो। उनीहरूसँग अहिले शीर्ष स्थानमा रहने आर्सनलभन्दा ५ पोइण्ट कम्ती रहेको छ। यसरी नै दशौं स्थानमा रहने चेल्सीसँग २५ पोइण्ट रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement