टी-२०(T-20) क्रिकेट प्रतियोगितामा पीआर लामा विद्यालय च्याम्पियन

IMG-20230106-WA0297.jpg

गेजिङ: पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको याङसुम पी.आर.लामा वरिष्ठ माध्यमिक विधालयको खेलमैदानमा गत १५ दिसम्बरदेखि शुरू भइरहेको तेस्रो प्लास्टिक विरोधी टी ट्वान्टी क्रिकेट प्रतियोगिताको आज समापन भयो। याङसुम क्रिकेट संघद्वारा आयोजित यस समापन समारोहमा सिक्किम मिल्क यूनियनका अध्यक्ष यम कुमार मिश्र मुख्य अतिथि रहेका थिए। आजको कार्यक्रममा मुख्य अतिथि लगायत विशिष्ट अतिथिहरूलाई आयोजक समितिले सम्मान पनि जनायो। पहिलो ब्याटिङ गर्दै पी.आर.लामा वरिष्ठ माध्यमिक विधालयको दलले १६३ लक्ष्य) राखेको थियो भने उक्त लक्ष्यलाई पछ्याउँदै २० ओभरमा १० विकेट गुमाएर कूल १०२ रन बनाएर बर्मेक स्पोर्टिङ क्लब यस वर्षको उपविजेता भनेको छ भने पी.आर.लामा वरिष्ठ माध्यमिक विद्यालय ६२ रनले विजेता भएको छ। यस खेलको विजेता ट्रफी सोही विद्यालयका शिक्षक इन्द्र बहादुर लिम्बू द्वारा प्रायोजना गरेको थियो भने खेलमा राज्य तथा राज्य बाहिरवाट कूल ३६ वटा दलले भाग लिएका थिए। अन्तमा मुख्य अतिथि विशिष्ट अतिथिको बाहुलीबाट आकर्षक ट्रफी सहित विजेता दललाई नगद ६० हजार र उपविजेता दललाई ४० हजार प्रदान गरेको थियो।

About Author

Advertisement