ड्रग्स सहित युवक सिङताम पुलिसको पञ्जामा

5079.jpg

गान्तोक: सिक्किम पुलिसले ड्रग्सको धन्दाम लगाम लगाउने उद्देश्यले एक अभियान नै शुरू गरेको छ। तर यति हुँदा हुँदै पनि यसको धन्दामा कमी भने आउन नसकेको हालका केही घटनाहरूले प्रस्ट भएको छ। यसै क्रममा हिजो सिङतामा पुलिसले ड्रग्स सहित एक युकलाई पक्राउ गरेको छ।पक्रा पर्ने आरोपी युवक सिङताम आदर्शगाउँ निवासी सुक बहादुर सुब्बाकोरूपमा पुलिसले पहिचान गरेको छ। आरोपीबाट पुलिसले ५९ बोतल कफ सिरप फेला पारेको बताएको छ। आरोपी सुब्बाले ड्रग्सको धन्दा गर्दै आइरहेको कुरा पुलिसलाई विश्वासनीय सुत्रले सूचना दिएको थियो।सोही सूचनाको आधारमा पुलिसले आरोपीलाई सिङतामको कालीखोल्चा नजिकबाट पक्राउ गरेको हो। आरोपीले एसके ०८-०३१० वाहन चलाएर आइरहेका थिए। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement