राष्ट्रिय बक्सिंग च्याम्पियनशीपः शिव थापा र हुसामुद्दीनले जिते स्वर्ण पदक

IMG-20230106-WA0288.jpg

अनुभवी बक्सर शिव थापा र मोहम्मद हुसामुद्दीनले छैटौं एलीट पुरुष राष्ट्रिय बक्सिंग च्याम्पियनशीपमा शुक्रवार स्वर्ण पदक जिते। यसको साथमा सेना खेल सम्वर्धन बोर्ड (एसएससीबी)-ले १० वटा पदकको साथ टीम खिताबलाई कायम राख्यो। रेकर्ड ६ पल्टका एशियाई पदक विजेता असमका बक्सर शिव थापाले फाइनलमा रेलवे खेल सम्वर्धन बोर्ड (आरएसआरभी)-का अंकित नरवाललाई सजिलै पराजित गरे। थापाले ६३.५ किग्रा वर्गको यस लड़ाइँमा २०२१-का वर्ल्ड युथ च्याम्पियनशीपमा काँस्य पदक जित्ने नरवाललाई ५-०-ले पराजित गरे। यसबाहेक एसएससीबी-का बक्सर हुसामुद्दीनले ५७ किग्रा वर्गको फाइनलमा सचिनलाई ४-१-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement