निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः शक्ति संघ क्वार्टर फाइनलमा

photocollage_202316224228174.jpg

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा शक्ति संघ, कालीझोड़ाले क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा शुक्रवार भएको म्याचमा शक्ति संघले नागरी फार्म स्पोर्टिंग क्लबलाई ४-१-ले पराजित गऱ्यो। अब शनिवार खेलिने म्याचमा मुनाल एफसी (सोनादा) र रिम्बिक एफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement