गान्तोक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई मिन्तोकगाङस्थित उनको सरकारी आवासमा सिक्किम पुलिसका नवनियुक्त महानिदेशक (डीजीपी) अमरेन्द्र कुमार सिंहले भेट गरे। यो जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्। मुख्यमन्त्रीले नवनियुक्त डीजीपी सिंहलाई सफल कार्यकालको निम्ति शुभकामना दिए। नवनियुक्त डीजीपीले आफ्नो क्षमताको सर्वश्रेष्ठ प्रदर्शन गर्दै आफ्नो नयाँ भूमिकामा उत्कृष्ट प्रदर्शन गर्नेछन् भनी मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्।