गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादसँग अन्तरराष्ट्रिय मानवाधिकार परिषद, सिक्किम राज्य बोर्डको एक प्रतिनिधि मण्डलले शुक्रवार राजभवनमा शिष्टाचार भेट गरे। यस भेट अवधि राज्यपाललाई टोलीले समाज सेवा र जन कल्याण हेतु गरिएका विभिन्न सामाजिक कार्यहरूको बारेमा जानकारी गराए। राज्यपालले सामाजिक कार्यमा उनीहरूको अभिरुचीको सराहना गर्दै निरन्तर सक्रियता कायम राख्न बल दिए। यस अवसरमा डा. अम्बेडकर फेलोशिप अवार्डले सम्मानित कृष शाह, डीके परियारसहित सिक्किम बिहारी जागरण मंच, बलुवाखानी शाखाका वरिष्ठ नागरिकहरू पनि उपस्थित थिए।