प्रशुप्रेमी प्रियङ्काले सिलगढीमा जाँडो बढेपछि भुस्याहा कुकुरहरूलाई ज्याकेट लगाइदिइन्

photocollage_202316215110755.jpg

सिलगढी: यो जाडोको मौसममा भुस्याहा कुकुरहरूलाई जाँडोबाट बचाउनको लागि सिलगढीको एकजना पशुप्रेमी प्रियङ्का मजुमदारले आज डाबग्राम, रवीन्द्रनगर, लेकटाउन, बाबुपाडा लगायत विभिन्न इलाकाका ३० वटा भुस्याहा कुकुरहरूलाई ज्याकेट लगाइदिए। ठण्डाको प्रकोपबाट बचाउनको लागि तिनले यस पहल गरेकी हुन्। प्रियङ्का मजुमदारले बताएअनुसार जाँडोको समयमा राति भुस्याहा कुकुरहरूलाई निक्कै कष्ट हुने गर्दछ। आफ्नो क्षमता अनुसार आज विभिन्न इलाकाको ३० वटा भुस्याहा कुकुरलाई ज्याकेट लगाइदिएको हो। जाँडोको मौसममा कसैले पनि यी भुस्याहा कुकुरहरूलाई पानी नहालिदिने साथै आफ्नो क्षमता अनुसार ती कुकुरहरूलाई खानेकुरो दिने तिनले सबैसित अपील गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement