नक्सलबारी: आज नक्सलबारी कलेजमा उत्तरबंग इन्टर कलेज भलिबल प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगितामा ३० वटा टोलीले अंश ग्रहण गरेको थियो। उक्त प्रतियोगिताको पञ्चानन विश्वविद्यालयका उप-कुलपति प्राध्यापक देव कुमार मुख्यपाध्यायले उद्घाटन गरे। यस अवसरमा नक्सलबारी कलेजका अध्यक्ष डा. समीरेन्द्र सरकार, उत्तरबंग विश्वविद्यालको स्पोर्टस् बोर्डका सदस्यहरू उपस्थित थिए। भोलि उक्त प्रतियोगिताको फाइनल खेल सम्पन्न हुनेछ।