एसडीएफ पार्टी २०२४ मा सत्तामा फर्किनु आवश्यक छ- डा. तिम्सिना

Untitled-1-copy-14

गान्तोक- सत्तारूढ एसकेएम पार्टीका महासचिव (अनुसन्धान एवं विश्लेषण प्रकोष्ठ) डा. शिवकुमार तिम्सिना (शर्मा), एसकेएम पार्टी संस्थापक सदस्य एमएन दाहाल, कङ्ग्रेस पार्टीका कार्यकारिणी सदस्य ईश्वरप्रसाद राई तथा अन्यहरू एसडीएफ पार्टीमा सामेल भएका छन्। जोरथाङ बजारस्थित एसडीएफ पार्टीको जोनल कार्यालय गरिब उत्थान भवनमा आयोजित दक्षिण-पश्चिमका समष्टि स्तरीय कार्यकारिणी समिति सभामा एसडीएफ अध्यक्ष पवन चामलिङले सबैलाई स्वागत जनाए। डा. शिवकुमार तिम्सिनाले एसकेएम पार्टीको भिजन डकुमेन्ट लगायत महत्त्वपूर्ण अनुसन्धान कार्यलाई नेतृत्व गरेको तथा एमएन दाहाल एसकेएम पार्टीका पूर्व उपाध्यक्ष रहेको जानकारी एसडीएफ प्रचार प्रसार महासचिव दिव्यकला शर्माले प्रेस विज्ञप्तिमा दिएकी छन्। सोही प्रकारले ईश्वरप्रसाद राई २०१४ र २०१९ को चुनाउमा कङ्ग्रेस पार्टीका उम्मेदवार थिए ।

एसडीएफ पार्टीमा सामेल भएपछि डा. तिम्सिनाले भने, आज सिक्किमको अस्तित्व र अस्मिता सङ्कटमा परेको छ। यसैले सिक्किमलाई जोगाउन सिक्किमलाई बचाउन र फेरि सिक्किमको नवनिर्माण गर्नका लागि एसडीएफ पार्टी २०२४ मा सत्तामा फर्किनु आवश्यक छ। उनले एसकेएम पार्टीमा नीति, सिद्धान्त, कार्यक्रम केही नरहेको र केवल हल्लामात्र ठूलो भएको आफूले अनुभव गरेको बताए । आफ्नो प्रवेश पत्रमा एमएन दाहालले आफू एसडीएफको जीवनवादी लोकतान्त्रिक समाजवादको सिद्धान्तबाट प्रभावित भएको बताउँदै सिक्किम र सिक्किमेली जनताको सेवा गर्न इच्छुक रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement