१०औं मिस सिक्किम २०२३ को राजधानीमा अडिशन

Untitled-1-copy-13

गान्तोक- सौन्दर्य प्रतियोगिता १०औं मिस सिक्किम २०२३ को निम्ति आगामी ८ जनवरीको दिन राजधानीमा अडिशन राखिएको छ। आयोजक पोजिट्यूडले इच्छुक युवतीहरूलाई अडिशनमा सहभागी भइदिन आह्वान गरेको छ। पोजिट्यूडकी सीईओ ग्यूर्मिला भोटियाले आगामी ८ जनवरीको दिन राजधानीमा बिहान आठ बजीदेखि साँझ पाँच बजीसम्म १०औं मिस सिक्किमको निम्ति अडिशन राखिएको जानकारी गराइन्। उनले यसपाली अनलाइन अडिशनमाथि ध्यान दिइरहेको बताउँदै गान्तोकमा मात्र अफलाइन अडिशन भइरहेको बताइन्। उनले अडिशन दिन आउने युवतीको उचाइ कम्तिमा ५.२ फुट हुनु पर्ने तथा ब्लू स्किनी जिन्स र सेतो टी-सर्ट लगाएर आउनु पर्नेछ भनिन्।

यस अघि पोजिट्यूडका स्वामी विजय सुब्बाले मिस सिक्किमको निम्ति अनलाइन अडिशन शुरू भइसकेको र अहिलेसम्म लगभग २३ जनाले नाम दर्ता गराइसकेको बताए। उनले फरवरी अन्तिमतिर ग्राण्ड फिनाले आयोजना गरिने पनि जानकारी गराए। यस सौन्दर्य प्रतियोगिताका प्रथम अनि दोस्रो विजेताले सोझै मिस नर्थ इस्टमा भाग लिने अवसर पाउने पनि उनले बताए। मिस सिक्किम २०२२ शुभेक्षा प्रधानले मिस सिक्किमको उपाधि जित्न सफल बनेपछि आफुले पाएका अवसरहरूको बारेमा जानकारी गराइन्। उनले इच्छुक युवतीहरूलाई आफ्नो सुविधा क्षेत्रबाट बाहिर आएर आगामी अडिशनमा सहभागी बन्न आह्वान गरिन्। अडिशन राउण्डमा सीईओ ग्यूर्मिला भोटिया, मिस सिक्किम २०२२ शुभेक्षा प्रधान र पत्रकार इसाबेला गुरुङ निर्णायक रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement