नवौं मिलनमोड़ गोल्ड कपः दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी फाइनलमा

photocollage_202316204413583.jpg

मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-ले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। शुक्रवार मिलनमोड़ खेल मैदानमा भएको दोस्रो सेमिफाइनल म्याचमा डीएसए-ले आमुक्त परिवारलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल हेमराज भुजेलले गरे। डीएसए-का हेमराज भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement