खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनको खरसाङ महकुमा समितिको सभापति बिरबल पाख्रीनको अगुवाईमा पश्चिम बंगाल श्रम विभागको नयाँ बजार खरसाङस्थित श्रम कार्यालयमा एसिस्टेन्ट लेबर कमिस्नर युडेन लेप्चालाई एक लिखित ज्ञापन पत्र बुझाएका छन्। यस टोलीमा संगठनको उप सभापतिहरु बिजय गुरुङ र रन्जन तामङ, सह सचिव प्रसाद सुन्दास, मूल कोषाध्यक्ष चन्दन गुरुङ, होटल सेक्टर सभापति समीर गुरूङ, सेल्सम्यान सेक्टरको सचिव प्रसाद शर्मा र सदस्य जीवन प्रधान सामेल थिए। आज बुझाएको ज्ञापन पत्रमा दैनिक हाजिरीमा काम गर्ने श्रमिकहरूका श्रम विभागबाट पाउने सहुलियतहरू किन बन्द भएको, सेल्सम्यान सेक्टरको सदस्यहरुका समस्याहरू, स्थानीय होटलहरुमा ८० प्रतिशत प्रशिक्षित युवाहरुले काम पाउनु पर्ने, स्थानीय सरकारी ठेकेदारहरूले कुनै पनि काम गर्दा धरौटीको रकम जम्मा गर्नु परे झैं प्रवासी श्रमिकहरुले पनि कुनै पनि ठेकाको काम लिन्दा मालिकवर्गको सुरक्षाको निम्ति धरौटी रकम जम्मा गर्नु पर्ने अनि घर मालिकर्गले प्रवासी श्रमिकहरूलाई घर किरायमा दिनु अघि उनीहरुको सठीक प्रमाण भएको काग पत्रको जाँच गरिदिने मांग गरेका छन्। युडेन लेप्चा एसिस्टेन्ट लेबर कमिस्नरले यी सबै कुराहरुमाथि गम्भीरतासाथ पहल गरिदिने आश्वासन दिएको साथै श्रमिकहरुको नानीहरुको निम्ति सिलगढीमा स्किल्ड डेभलपमेन्ट इन्स्टिट्युट खोलिन लागिरहेको खबर पनि प्रतिनिधिहरूलाई दिएका छन्। भागोप्रमोको भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठनले सदैव स्थानीय श्रमिकहरुको हित अनि अधिकारको निम्ति कार्य गर्नेछ।भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको सोचलाई आत्मासाथ गर्दै अघि बढ्ने छ बताइएको छ।