तीन दिवसीय कृषि मेला मङपु लाब्दा बस्तीमा शुरू

20-08-12-mela2-768x520.jpg

मङ्पु: आजदेखि लाब्दा बस्ती जुनियर बेसिक स्कूल प्राङ्गनमा लाब्दा बस्ती कृषि मेला समिति मङपुको आयोजनामा तीन दिवसीय कृषि मेला सुरू भएको छ। अजय छेत्रीको अध्यक्षतामा सम्पन्न पहिलो दिनको कार्यक्रममा समारोहको प्रमुख अतिथि क्षेत्रीय कार्यकारिणी सभासद रतन थापा थिए।उनले स्थानीय कृषिहरुलाई आ-आफ्नो गाउँ बस्तीमा खेती गरेर स्वनिर्भर बन्ने सम्पूर्ण गाउँवासीलाई अपील गरे। विवेक छेत्री अनि उर्गेन लामाले सञ्चालन गरेको कार्यक्रममा आयोजक समितिको पक्षमा प्रमुख अतिथि रतन थापा अनि विशिष्ट अतिथि भागोप्रमो मङपु लाब्दा समष्टि सयोजक राम पोख्रेललाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

आजको कार्यक्रममा कृषि बागवानी विभाग रंगली रंगलीयट तकदाह खण्डबाट कृषिकहरुलाई विभिन्न खेतीपाती गर्ने तालिम दिनको साथै आलुको बीऊ पनि वितरण गरियो ।यस तीनदिने कृषि मेलामा कलाकारहरु सुरक्षा सिन्चोरी लगायत र ब्रो, प्रिमुस भुटिया आदिले पनि आ-आफ्नो प्रस्तुती दिने भएको आयोजक समितिले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement