नागरी फार्म टी स्टेट सेमिफाइनलमा

IMG_20230106_185928.jpg

युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा नागरी फार्म टी स्टेटले सेमिफाइनलमा स्थान बनायो। नागरी फार्म खेल मैदानमा शुक्रवार भएको म्याचमा नागरी फार्म टी स्टेटले भाह तकभरलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। भाह तकभरका अजनेश गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। फाइनल २९ जनवरीमा हुनेछ भनी आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement