बारलो गर्ल्स हाई स्कूलको १५०औं वार्षिकोत्सव

IMG-20230106-WA0191.jpg

मालदा: बारलो गर्ल्स हाई स्कूल, मालदाको १५०औं वार्षिकोत्सवको अवसरमा, विभिन्न औपचारिक कार्यक्रम सुरु भयो। शुक्रबार दिउँसो मालदाको बारलो गर्ल्स हाई स्कूलका पूर्व र वर्तमान शिक्षकहरू र विद्यार्थीहरूको साथमा भव्य जुलुसको आयोजना गरियो। त्यहाँ प्रदेश सिँचाइ विभाग मन्त्री सबिना यास्मिन उपस्थित थिइन्। मालदा जिला परिषद शिक्षा अधिकारी प्रतिभा सिंह, अंग्रेजीबजार नगरपालिका काउन्सिलर पूजा दास र गणमान्य व्यक्तिहरू उपस्थित थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपाश्री मजुमदारको पनि उपस्थिति रहेको थियो। यस विद्यालयको १५०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बारलो गर्ल्स हाई स्कूलकी प्रधानाध्यापक दीपश्री मजुमदारले बताइन्। यस दिन वर्तमान तथा पूर्व बिद्यार्थीहरूसँग जुलुस निकालिएको थियो। यसपछि पूर्व विद्यार्थीहरूको उपस्थितिमा पुनर्मिलन महोत्सव हुनेछ। यसका साथै माल्दा सहरको वृन्दावनी मैदानमा जनवरी ८ देखि १० सम्म विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement