पिकनिक जाँदै गरेको बस दुर्घटनाग्रस्त, २५ घाइते, ६ जनाको अवस्था गम्भीर

IMG-20230106-WA0147.jpg

अलिपुरद्वार: भीषण सडक दुर्घटनामा २५ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर छ। शुक्रबार बिहान करिब १०ः३० बजे मदारीहाटस्थित एशियन हाइवेमा उक्त घटना भएको हो। कामाक्षगुडीको परोकाटाबाट पिकनिकको लागि सिलगढी जाँदै गरेको बस मदारीहाट क्षेत्रमा विपरीत दिशाबाट आउँदै गरेको ढुङ्गाले भरिएको ट्रकसँग आमने सामने ठोक्किएको हो। उक्त घटनामा बसमा सवार २५ जना घाइते भएका छन्।

खबर पाएलगत्तै प्रहरी पनि घटनास्थलमा पुगेर राहत र उद्धारमा जुटेको छन्। घटनामा कम्तीमा २५ जना घाइते भएका छन् जसमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनलाई अलीपुरद्वार जिल्ला अस्पतालमा रिफर गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement