महानन्द नहरबाट रेणुका खातुनको शव र टाउको विभिन्न बोरामा भेटियाे

photocollage_202316134134515.jpg

सिलगढी: फणसीदेवाको महानन्द नहरबाट गृहिणी रेणुका खातुनको शव फेला परेको छ। आरोपित श्रीमानको संकेतमा प्रहरीले बिहान करिब १० बजे महानन्द नहरबाट रेणुकाको शव भेटाकाे छ। यसअघि प्रहरीले उनको काटिएको टाउकोलाई छुट्टै बोरामा बन्द अवस्थामा नहरबाट निकालेको थियो। उल्लेखनीय छ, गत मङ्सिर २४ गते उनका पति एमडी अन्सारुलले विवाहबाह्य सम्बन्धको आशंकामा श्रीमतीको हत्या गरी शवलाई दुई टुक्रा गरी दुई बोरामा हालेर महानन्द नदीको नहरमा फालेका थिए। घटनाको अनुसन्धानपछि प्रहरीले उनका श्रीमान् एमडी अनासरुललाई पक्राउ गरेको छ। त्यसपछि उनले प्रहरीसामु हत्या गरेको स्वीकार गरे।
मृतक गृहिणीका जेठाजुले रेणुका खातुनको कसैसँग अवैध सम्बन्ध नभएको भनेेका छन्। बरु आरोपी एमडी अन्सारुलको माटागाडाकी एक युवतीसँग सम्बन्ध थियो। यस विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुने गर थियाे। त्यसैले आफ्नो गल्ती लुकाउन श्रीमतीको हत्या गरेका थिए। केही समयअघि छुट्टै झोलाबाट मृतक महिलाको टाउको भेटिएको थियो। शव खोज्न प्रशासनले गएरातिदेखि महानन्द नहरको पानी रोकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement