महकुमा स्तरीय महिला फूटबल टुर्नामेण्टः हिल्स फूटबल एकाडमी च्याम्पियन

IMG-20230106-WA0117.jpg

खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा हिल्स फूटबल एकाडमी च्याम्पियन भयो । स्थानीय मण्टिभियट खेल मैदानमा बिहीवार भएको फाइनल म्याचमा हिल्स फूटबल एकाडमीले खरसाङ युनाइटेड सिस्टर्सलाई ५-३-ले पराजित गऱ्यो। विजेता टीमबाट सञ्जना दर्जीले ह्याट्रिक गरिन्। यसबाहेक रानी सौरियाले १ गोल गरिन्। एक गोल आत्मघाती रह्यो। खरसाङ युनाइटेड सिस्टर्सबाट अन्वेशा गुरुङ, पारो मंगर र रेखा राईले गोल गरिन्।

गत २७ दिसम्बरदेखि शुरु यस टुर्नामेण्टको फाइनल शुरु हुन अघि महिला फूटबलर स्वास्तिका तामाङ अनि महान फूटबलर पेलेको स्मृतिमा मौन धारण गरियो। फाइनलमा शान्ति राई (रम्फू, कालेबुङ), यांगडुप लामा (घैयाबारी), डाक्टर एके बारुई (खरसाङ), नवराज छेत्री (सभासद) अनि डिंकु गुरुङलाई समाजप्रति योगदानको निम्ति आयोजक समितिको तर्फबाट सम्बर्द्धना जनाइयो। यसबाहेक अन्य अतिथिहरूमा श्याम शेर्पा (सभासद), टीटी लामा र अधिवक्ता सपना राई सामेल थिए। टुर्नामेण्टमा च्याम्पियन र रनर अप् हुने टीमलाई आकर्षक ट्रफी प्रदान गरियो। यसको साथमा सेमिफाइनलमा स्थान बनाउने चारैवटा टीमका खेलाड़ीहरूलाई फूटबल बूट अनि मोजा प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः रिंकु राई (खरसाङ युनाइटेड सिस्टर्स)
बेस्ट गोलकीपरः सुस्मिता भुजेल (हिल्स फूटबल एकाडमी)
प्लेयर अव् द टुर्नामेण्टः प्रेरणा सुब्बा (हिल्स फूटबल एकाडमी)
हाईएस्ट स्कोररः पारो मंगर (७ गोल, खरसाङ युनाइटेड सिस्टर्स)
सर्वश्रेष्ठ उदीयमान खेलाड़ीः प्रतीक्षा लिम्बु (बगैचाटार युनाइटेड) अनि प्रतिका राई (जेआर३२ फूटबल एकाडमी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement