विभिन्न पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20230106-WA0050.jpg

गोरुबथान: ४३ नम्बर समष्टि गोरुबथान – १ अन्तर्गत मिलनटार, गढीटार, माल आठ लगायत अन्य बनबस्ती शाखाबाट पचासभन्दा अधिक घरपरिवारले गोर्खा जनमुक्ति मोर्चा पार्टी त्याग्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुने परिवारका सदस्यहरूले ४३ नम्बर समष्टि गोरुबथानका कार्यकारी सभासद् रतन थापाको बाहुलीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झन्डा ग्रहण गरे। यस समर्थन कार्यक्रमको दिवसीय सभापति स्थानीय मिलनटार शाखा निवासी बुजुर्ग व्यक्ति सन्त बहादुर राई थिए।यस कार्यक्रममा ४३ नम्बर समष्टि गोरुबथानका कार्यकारी सभासद रतन थापा, ४३ नम्बर समष्टि कार्यकारी अध्यक्ष दिल बहादुर सार्की, उपाध्यक्ष ओमप्रकाश कार्की, कुमार थापा, सांगठनिक सचिव राजु घिमिरे, मन बहादुर सुब्बा, प्रवक्ता ज्ञानेन्द्र ठकुरी, महकुमा समिति सांगठनिक सचिव पुष्प रिजाल, सह कोषाध्यक्ष जीवन प्रधान, युवा शक्ति उपाध्यक्ष अरूण राई, नारी शक्ति अध्यक्ष आशा खडका, सचिव बिना तिर्की, कोषाध्यक्ष सुचित्रा रोय, केन्द्रीय समिति नारी शक्ति सदस्य हेलेन्ता बार्ला लगायत अन्य नेतृत्व उपस्थित रहेका थिए। यस समर्थन कार्यक्रममा मिलनटार शाखाबाट रोशन तामाङको, गढीटारबाट पुर्ण तामाङ (ठूलो ), गौतम तामाङ, पुर्ण तामाङ (सानो), लामु तामाङ, माल आटबाट राजेश लामा, बालान लामा, मिलन राई आदिको प्रतिनिधित्वमा पचासभन्दा अधिक घरपरिवारले समर्थन जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement