सदभावना कपको दोस्रो चरणको खेलमा फुगढी र तीनधारे नयाँ कमान विजयी

IMG-20230106-WA0002.jpg

मिरिक: युनाइटेड सिगंबुली गेम्स एन्ड स्पोर्ट्स कमिटीको आयोजनामा सम्पन्न सदभावना कप नगद राशी २०२२-२३ फुटबल टुनामेन्टको दोस्रो चरणको खेलमा फुगडी ७ बनाम मिरिक लेकर्स माझ भएको रोमान्चक खेलमा फुगडी ७ विजयी बनेको छ। खेल अवधिमा चार गोल दाग्न सफल भएका फुगडीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो।

दोस्रो खेल मुर्म एफ सी बनाम तीनधारे नयाँ कमानमाझ समपन्न भएको थियो।यस खेलमा तीनधारे नयाँ कमान ३ गोल दागेर विजयी भएको छ। अब हुने पहिलो खेल खरसाङ मिक्सड अप बोयज बनाम भिएस वाइ एफएफसी एम एम तराई माझ समपन्न हुनेछ भने दोस्रो खेल लेप्चा ब्रदर्श कालेबुङ बनाम महिन्द्र गाउँ एफ सी माझ समपन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement